दुप्चेश्वर गा.पा.-०६, नुवाकोट - info@rukmanimavi.edu.np

School Photo

रुकमणी माध्यमिक विद्यालय, नुवाकोट जिल्लाको प्राकृतिक र सांस्कृतिक रूपमा धनी दुप्चेश्वर गाउँपालिका वडा नं. ६, समुन्द्रटारमा अवस्थित एक अग्रणी शैक्षिक संस्था हो। वि.सं. २०१७ मा स्थापना भएको यस विद्यालयले स्थापनाकालदेखि नै यस क्षेत्रमा गुणस्तरीय, व्यावहारिक र समयसान्दर्भिक शिक्षा प्रदान गर्दै आइरहेको छ। हाम्रो मुख्य उद्देश्य विद्यार्थीहरूको बौद्धिक, मानसिक र शारीरिक क्षमताको विकास गरी उनीहरूलाई जिम्मेवार, दक्ष र प्रतिस्पर्धी नागरिक बनाउनु हो। शान्त र शैक्षिक वातावरण, अनुभवी शिक्षक शिक्षिकाहरूको समूह, तथा आधुनिक शिक्षण पद्धति नै हाम्रा मुख्य विशेषताहरू हुन्।

हामी किन?

गुणस्तरीय शिक्षा: हामी विद्यार्थीको जग बलियो बनाउन जगैदेखि गुणस्तरीय शिक्षामा जोड दिन्छौँ।
अनुभवी शिक्षक टोली: दक्ष, अनुभवी र विद्यार्थीमैत्री शिक्षकहरूद्वारा अध्यापन।
अतिरिक्त क्रियाकलाप: विद्यार्थीहरूको चौतर्फी विकासका लागि खेलकुद, वक्तृत्वकला, र सिर्जनात्मक कार्यक्रमहरूमा सहभागिता।
सुविधासम्पन्न वातावरण: पठनपाठनका लागि उपयुक्त भौतिक पूर्वाधार।

हामी हाम्रा विद्यार्थी, अभिभावक, र शुभचिन्तकहरूलाई डिजिटल माध्यमबाट जोड्न र विद्यालयका गतिविधिहरू पारदर्शी रूपमा साझा गर्न यो वेबसाइटमार्फत सधैं तत्पर छौँ। हाम्रो यात्रा, समृद्ध भविष्यका लागि शिक्षा!